नेपाल एसबिआई बैंकको शाखा स्थानान्तरण हुने

काठमाडौँ। नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण हुने भएको छ। 

बैंकको हाल नवलपरासी जिल्ला रामग्राम नगरपालिका वडा नं ३ बुद्ध चोकमा सञ्चालनमा रहेको शाखा कार्यालय आगामी असार ८ गतेदेखि रामग्राम नगरपालिका वडा नं ३, लोकतान्त्रिक चोक स्थित नयाँ भवनमा स्थानान्तरण भई बैंङ्किक सेव तथ कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ। 

यसका साथै उक्त शाखा कार्यालय स्थानान्तरण गर्ने क्रममा यस कार्यालयमा रहेको लकर समेत स्थानान्तरण हुने भएकाले लकर सुविधा उपभोग गर्दै आएका ग्राहकहरूलाई लकरमा कुनै किसिमको टुटफुट हुने सरसामान राखिएको अवस्था भएमा स्थानान्तरण गर्ने गर्ने समय अगाबै बैंकको शाखा कार्यालयमा सम्पर्क गरी सो शाखामा सरसामानहरू निकाली सुरक्षित गर्न सूचना जारी गरेको छ।

लकर स्थानान्तरण गर्ने क्रममा कुनै क्षति हुन गएमा बैंक जवाफदेही नहुने जनाएको छ।

प्रतिक्रिया