शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो सधारण सभा, बुक क्लोज कहिले?

काठमाडौँ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १६औँ बार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस १९ गते वार्षिक साधारण सभा बोलाएको हो। बैंकको आइतबार (मंसिर २३ गते) बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो। सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड होटल प्रा. लि. मणिग्राम,रुपन्देहीमा बिहान ११ बजेबाट सुरू हुनेछ। सभामा बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।  

सञ्चालक समितिमा संस्थापकको तर्फबाट ३ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ। साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा समेत रहेको छ। सभा प्रयोजनका लागि बैंकले पुस ३ गते बुक क्लोज गर्ने जनाएको छ। तसर्थ, पुस ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। 


प्रतिक्रिया