काठमाडौं । एनसेलमा मुख्य लगानी रहेको मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । बुधबार एक विज्ञप्ति जारि गर्दै
एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको छ । एनसेलको सेयर ७ वर्ष अगाडि अजिएटाले किनेको थियो ।
कम्पनी स्रोतका अनुसार आजियाटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ ।
हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत सेयर रहेको छ । अजिएटालाई स्वीडेनको टेलिया सोनेराले सेयर बेचेको थियो ।
एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
13 Mangsir 2080, Budhbar 01:43 मा प्रकाशित
176