काठमाडौँ। नेपाली बजारमा आज (असार ६ गते) सुन चाँदीको भाउ सामान्य रूपले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अर्थात शुक्रबार प्रतितोला छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेको छ। योसँगै आज सुन तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो बिहिबार सुन प्रतितोला १ लाख ९५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी तोलामा ५० रुपैयाँले घटेको छ। यससँगै चाँदी तोलाको २१ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २२ सय रुपैयाँमा कारोबार भएको थियो।
6 Asar 2082, Shukrabar 11:38 मा प्रकाशित
144