कालिका लघुवित्तले बोलायो साधारण सभा, के के छन् एजेण्डा?

काठमाडौँ।  कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ। 

सभा होटल टाक्स इन्टरनेसनलको सभाहल पोखरामा बिहान ९ बजेदेखि सुरू हुनेछ।  सभामा संस्थाले सेयरलाई ९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नछ। 

साथै, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

यसका साथै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ। सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते  बुक क्लोज गर्ने जनाएको छ। तसर्थ, पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउने र लाभांश पाउन सक्नेछन्। 

प्रतिक्रिया