धादिङमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौँ। काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङको गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमाको सिम बजारमा दुर्घटना हुँदा १५ जना यात्रु  घाइते भएका छन्।

निरन्तर वर्षाका कारण सडक चिप्लो हुँदा माइक्रो बस दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ। 

सो माइक्रो बस सडकमा पल्टिएको छ। माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया