देशभर बदली, कोशी, बागमती र गण्डकीमा मध्यम देखि भारी वर्षाको सम्भावना

weather forecast

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार आज, बुधबार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। हाल कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरो र जनजीवनमा असर पर्न सक्छ। 

आगामी २४ घण्टाको मौसम पूर्वानुमान

आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको जोखिम छ। मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीसहित थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। 

प्रतिक्रिया