काठमाडौं । नेपाली बजारमा ४० वर्षदेखि उपभोक्ताको विश्वास जित्दै आएको विश्वसनीय ब्रान्ड एलजी नेपालले नयाँ वर्ष २०८२ को अवसरमा विशेष योजना सार्वजनिक गरेको छ। “४० वर्षदेखि घरघरमा LG” भन्ने नारासहित सुरु गरिएको योजनामा विभिन्न स्मार्ट तथा अत्याधुनिक एलजी उत्पादनमा आकर्षक अफरहरू उपलब्ध गराइएको छ।
एलजी नेपालले सार्वजनिक गरेको यो योजना अन्तर्गत उपभोक्ताहरूले टिभी, फ्रिज, वाशिङ मेसिन, एसी, भ्याकुम क्लिनर लगायतका उत्पादनमा ४०% सम्म क्यासब्याक, पक्का उपहार र निःशुल्क डेलिभरीको सुविधा पाउनेछन्। साथै "On the Spot EMI" र पुरानो सामान साट्ने "Exchange" सुविधा पनि उपलब्ध छ।
एलजीका स्मार्ट उपकरणहरू LG ThinQ टेक्नोलोजीमा आधारित छन्, जसले नेपाली उपभोक्ताको जीवनशैलीलाई थप सहज, प्रविधिमैत्री र ऊर्जा-दक्ष बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ।
सिजी इलेक्ट्रोनिक्सका मार्केटिङ तथा कम्युनिकेशन हेड गौरव हमालले भने, ४ दशकदेखि हामीमाथि भरोसा राख्ने सम्पूर्ण नेपाली परिवारप्रति कृतज्ञता प्रकट गर्न हामीले यो योजना ल्याएका हौं। भविष्यमा पनि नवीन प्रविधि र भरपर्दो सेवामार्फत हामी ग्राहकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै लैजानेछौं।
यो योजना सिजी डिजिटलका सम्पूर्ण शाखा, एलजी शोरूम र अधिकृत डिलरहरूमार्फत चैत्र २१ गतेदेखि सीमित अवधिका लागि देशभर लागू हुनेछ।
एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली कम्पनी हो, जसको स्थापना सन् १९५८ मा भएको हो। एलजीले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन र व्यवसायिक समाधानहरूमा नवीन प्रविधिहरू प्रदान गर्दै आएको छ। यसको उत्पादनहरू विश्वभर १०० भन्दा बढी देशमा उपलब्ध छन्। नेपालमा एलजीका उत्पादनहरूको आधिकारिक वितरण, बिक्री र बिक्रीपछिको सेवा चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले गर्दै आएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar