काठमाडौं। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढी पहिरो पीडितहरूको लागि ठूलो मात्रामा खाद्यान्न सहयोग गरेको छ। संघले प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरू र परिवारजनका लागि चामल, चिउरा, दाल, र तोरीको तेल लगायतका सामग्रीहरू वितरण गरेको हो।
संघले ३६० बोरा चामल, १०० व्याग चिउरा, ४० व्याग मसुर दाल, र २० कार्टुन तोरीको तेल खाद्यान्न सहयोगस्वरूप प्रदान गरेको छ। यो सहयोग संघका अध्यक्ष श्री विकास दुगड र प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय श्री दामोदर भण्डारीलाई हस्तान्तरण गरेका हुन्।
यस सहयोगले प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरूलाई केही राहत प्रदान गर्ने विश्वास संघले लिएको छ।
22 Ashwin 2081, Sombar 11:37 मा प्रकाशित
225
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar