जीआई पाइप के हो? यस्ता छन् फइदा र बेफाइदा

काठमाडौँ। हामीले घर बनाउँदा कस्तो पाइपको प्रयोग गर्ने भनेर दुविधामा पर्ने गरेका हुन्छौँ। आजको लेखमा जी आई पाइपको बारे तपाईंलाई जनाकारी दिने छौँ। 

के हो त जी आई पाइप?

जी आई को अर्थ ग्याल्भनाईज्ड आइरन (Galvanized Iron)हो। यो एक खोक्रो सिलिन्डर वा ट्युब, जसको प्रयोग तरल, ग्यास वा ठोस पदार्थको प्रवाहको लागि लागि प्रयोग गरिन्छ। जीआई  पाइप पूर्ण रूपमा ग्याल्भनाईज्ड हुन्छ। पाइप बनाउन प्रयोग गरिएको आइरनको शीटको मोटाईको आधारमा यसलाई ३ ग्रेडमा विभाजन गरिएको छ। 

पाइपको मोटाई जति बढी छ यसको कार्य क्षमता र दिगोपना उति नै बढी हुने गर्दछ। ३ ग्रेडका पाइप निम्नानुसार दिइएको छ। प्रत्येक प्रकारको पाइपको मोटाई फरक फरक हुने गर्दछ। ब् न्चबमभ को पाइप सबै भन्दा पातलो हुने गर्दछ। 

हलुका क्लास A: चिन्न सजिलोको लागि पाइपमा पँहेलो रङले सङ्केत गरिएको हुन्छ, 

मध्यम क्लास B: चिन्न सजिलोको लागि पाइपमा नीलो रङ मार्क गरिएको हुन्छ,

भारी क्लास C: चिन्न सजिलोको लागि पाइपमा रातोे रङ मार्क गरिएको हुन्छ,

पाइपको व्यास नोमिनल बोरको माध्यमबाट निर्दिष्ट गर्ने गरिन्छ। बजारमा मिल्ने जीआई पाइप ६ मिटरसम्म लम्बाईको हुने गर्दछ। यसमा एक सकेट समावेश गरिएको हुन्छ। यसको दुईवटै मुखहरूमा थ्रेडु हुने गर्दछन। एकापट्टि सकेट हुन्छ भने अर्को पट्टि थ्रेडसको सुरक्षाको लागि पीभिसी बुशको प्रयोग गरिएको हुन्छ। पानी वितरणको लागि प्रयोग गरिने पाइप व्यास ५० देखि १५० mm.व्यासको हुने गर्दछ। घरहरूमा कनेक्शनको लागि १५ से ३२ mm. व्यासको प्रयोग गरिन्छ। 

जी आई पाइपका सामान्य उपयोगिताहरू 

पानीको पाइप 

बिजुलीको खम्बा,

Structural परियोजना 

सवारी साधनहरूमा,

तेल र ग्यास सम्बन्धी संरचना, 

जीआई पाइपका फाइदाहरू 

Galvanized स्टिल एक स्टिल हो। यसमा बिशेष प्रकारको प्रोटेक्टिभ कोटिङ्ग गरिएको हुन्छ। जी आई पाइपका केही फाइदाहरू निम्न अनुसार छन्। 

कम लागत लाग्ने – अरू स्टिल वा आइरनको तुलनामा यो सस्तो हुने गर्दछ।

टिकाउ हुने – जीआई पाइपको जीवनकाल अर्थात धेरै लामो समय टिकाउ वा दिगो हुने गर्दछ। 

कठोरता र मजबुती – जीआई पाइप मजबुत हुन्छ। 

सुरक्षित – जीआई पाइप अरू पाइपको तुलनामा बलियो हुने भएकाले सुरक्षित पनि छ। 

उच्च प्रेसर/बोझ थेग्न सक्ने – जीआई पाइपले उच्च प्रेसर वा बोझलाई थेग्न सक्छ। तातो पानी आपूर्तिको लागि प्रयोग गर्न सकिन्छ। 

फिटिङ्ग – यो फिटिङ्ग हुनुका साथै बेन्ड एल्बो, युनियन आदि संरचनामा उपलब्ध हुने गर्दछ। 

जी आई पाइपका बेफाइदाहरू

खिया लाग्ने – खराब वातावरणमा पाइपमा खिया लाग्ने गर्दछ। 

अनस्टेबल जोइन्टस – अनस्टेबल जोइन्टस हुने भएकाले लिकेजको सम्भावना प्रवल हुने गर्दछ। 

जल प्रदुषण – यदि जीआई पाइपमा खिया लागेका छ भने यससबाट जल प्रदुषण हुन्छ। जसबाट लिड उत्सर्जन हुने गर्दछ जो स्वास्थ्यको लागि एकदमै हानीकारक छ। नेपालमा जीआई पाइपलाई प्रतिबन्ध गरिएको छ।

प्रतिक्रिया