आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ७८ पैसा र बिक्री दर १३४ रूपैयाँ ३८ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४९ रूपैयाँ ७५ पैसा र बिक्री दर १५० रूपैयाँ ४२ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७८ रूपैयाँ ३७ पैसा र बिक्री दर १८० रुपैयाँ १७ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिद दर १५८ रूपैयाँ ६७ पैसा र बिक्री दर १५९ रूपैयाँ ३८ पैसा रहेको छ। 

अष्ट्रेलियन डलर एकको खरिद दर ९२ रूपैयाँ ५४ पैसा र बिक्री दर ९२ रूपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रूपैयाँ ९३ पैसा र बिक्री दर ९९ रूपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रूपैयाँ ४४ पैसा र बिक्री दर १०४ रूपैयाँ ९१ पैसा रहेको छ। 

जापानी येन १० को खरिद दर ९ रूपैयाँ ३९ पैसा र बिक्री दर ९ रूपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ ८ पैसा र बिक्री दर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ६६ पैसा र बिक्री दर ३५ रूपैयाँ ८२ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ७० पैसा र बिक्री दर ३६ रूपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 


प्रतिक्रिया