काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ। हाल सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसोः पहाडी तथा हिमाली भूभागमा साधारण बदली रहने छ भने बाँकी क्षेत्रमा आंशिक बदली कायम रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। तराईका धेरै स्थानमा बिहानको समयमा हुस्सु/कुहिरो रहनेछ।
रातिः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ। तराईका केही स्थानमा हुस्सु कायम रहने अनुमान छ।
विभागले तराईमा बिहान हुस्सु/कुहिरोका कारण दृश्यता कम हुने भएकाले सवारी चलाउँदा सतर्कता अपनाउन र उच्च हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले चिसो तथा हिमपातप्रति सचेत रहन आग्रह गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar