काठमाडौं | अल्ट्राभायोलेट नेपालले NAIMA कन्भेन्सन २०२५ मा आफ्नो प्रमुख इलेक्ट्रिक मोटरसाइकल F77 Mach 2 सार्वजनिक गर्दै स्टल C1 मा उपस्थितिहरुको मन जित्यो । नेपालको प्रमुख अटोमोटिभ प्रदर्शनीमा यो क्रान्तिकारी पावर-बाइक केन्द्रबिन्दु बनेको थियो ।
बाइक तथा विद्युतीय सवारीप्रेमीहरू यसको अनुभव लिन आतुर देखिए ।
आकर्षक शुरुआत : F77 Mach 2
F77 Mach 2 को एभिएशन-प्रेरित डिजाइनले आगन्तुकहरुलाई मोहित पार्यो भने यसको अत्याधुनिक प्राविधिक क्षमताले सबैलाई प्रभावित बनायो । यसले १५५ किमी/घण्टा सम्मको शीर्ष गति, १०० Nm टर्क, र Recon भेरियन्टमा ३२३ किमी (IDC प्रमाणित) सम्मको दायरा प्रदान गर्दछ । अल्ट्राभायोलेटको स्वामित्वयुक्त SRB-10 ब्याट्री प्रविधिले लामो दूरीको प्रदर्शन मात्र होइन, उन्नत थर्मल, इलेक्ट्रिकल, मेकानिकल, इलेक्ट्रोनिक तथा सफ्टवेयर सुरक्षा तहहरु पनि उपलब्ध गराउँछ ।
यसमा उद्द्योगमै पहिलोपटक १,००,००० किमी वा ५ वर्षको ब्याट्री वारन्टी दिइएको छ ।
यो मोटरसाइकलमा १०-स्तरको डाइनामिक रिजनरेटिभ ब्रेकिङ, ४-स्तरको हृयाक्सन कन्ट्रोल, डाइनामिक स्टेबिलिटी कन्ट्रोल (DSC), स्विचेबल डुअल-च्यानल ABS, हिल-होल्ड, तथा कनेक्सनयुक्त ५ इन्चको TFT डिस्प्ले जस्ता सुविधा छन् । यी सबैले चालकको सुरक्षा र अनुभवलाई प्रिमियम स्तरमा पुऱ्याउँछन् ।
स्मार्ट सुरक्षा र नयाँ पुस्ताको ब्याटी नवप्रवर्तन
F77 Mach 2 को मुटुमा रहेको SRB-10 ब्याट्री प्याक ६ लाख किलोमिटरभन्दा बढीको विकास यात्राबाट आएको हो । यसको पाँच-तह सुरक्षा प्रणाली र विस्तारित ५ वर्ष/ १,००,००० किमी वारन्टीले विश्वसनीयताको ग्यारेन्टी दिन्छ ।
यसलाई अझ स्मार्ट बनाउन Violette Al Smart Tech इकोसिस्टम थपिएको छ- जसमा मुभमेन्ट तथा टोइड अलर्ट, क्र्यास डिटेक्सन, रिमोट लकडाउन, र रियल-टाइम डायग्नोस्टिक्सजस्ता सुविधा
उन, बाइक बन्द हुँदा पनि ।
बजारमा नयाँ उत्साह टेस्सर्याक्ट र शॉकवेभ
Mach 2 पछि, दुई नयाँ मोडेलको प्रतीक्षा अझै बढेको छ -
Tesseract - शैली र प्रदर्शन चाहने शहरी चालकका लागि प्रिमियम इलेक्ट्रिक स्कूटर । ३.५ kWh ब्याट्री, १२५ किमी/घण्टा शीर्ष गति, र ०-६० किमी/घण्टा २.९ सेकेन्डमा पुग्ने क्षमता । सुरक्षा सुविधामा डुअल ड्यासक्याम, ब्लाइन्ड स्पट डिटेक्सन, कोलिजन अलर्ट, डाइनामिक स्टेबिलिटी कन्ट्रोल, र Violette Al द्वारा सञ्चालित ठूलो टचस्क्रिन डिस्प्ले छन् ।
Shockwave - साहसिक र टिकाउ यात्राका लागि डिजाइन गरिएको अफ-रोड इलेक्ट्रिक डर्ट बाइक (विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ) ।
यी मोडेलहरु अल्ट्राभायोलेटको रोडम्याप अनुसार २०२६ को पहिलो चौमासिकमा नेपालमा आउनेछन्
विक्रि प्रमुखको भनाइ
अल्ट्राभायोलेट नेपालका बिक्री प्रमुख दुर्गेश थापा भन्छन् -
"NAIMA मा हामीले पाएको प्रतिक्रिया अत्यन्तै उत्साहजनक छ । नेपालका चालकहरु प्रदर्शन-केन्द्रित र वातावरणमैत्री मोबिलिटीका लागि तत्पर छन्, र F77 Mach 2 को अत्याधुनिक ब्याट्री तथा स्मार्ट टेक सुविधासहित हामीले त्यही उपलब्ध गराएका छौं। अब हामी Tesseract र Shockwave का लागि पर्खन सक्दैनौं ।"