पुष २६ , गोरखा । गोरखाको गोरखा नगरपालिका नाम परिवर्तन गरि पृथ्वीनारायण नगरपालिका राख्न राप्रापाले माग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले जिल्ला प्रसासन कार्यालय मार्फत आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर गोरखा नगरपालिकाको नाम परिवर्तन गर्न माग गरेको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखा मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा गोरखा नगरपालिकालाई पुनः पृथ्वीनारायण नगरपालिका कायम गर्न भनिएको छ ।
पार्टीका जिल्ला अध्यक्ष गोपाल थापाको नेतृत्वमा गएको टोली प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई तत्कालिन नेपाल एकिकरणका अभियान्ता पृथ्वीनारायण शाहको तस्विर उपहार समेत दिएको छन् ।
पृथ्वी नारायण शाहको ३०२ औं जन्मजन्यतीको अवसरमा भोली विहान ८ बजे देशमा सुख शान्तिको कामना गर्दै नेपालमा हिन्दु राज्य पुर्नस्थापनको कामना सहित गोरखकाली मन्दिरमा बिशेष पुजाआजा तथा गोरखनाथ मन्दिरमा रोट चढाउने कार्यक्रम समेत रहेको छ ।
त्यस्तै सदरमुकामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले सिएफ़एन खबर लाइ जानकारी दिए ।