9851314933 | info@gharjagganews.com

सेप्टेम्बर २०२४ मा नेपालमा ९६,३०५ पर्यटकको आगमन: २०१९ को तुलनामा ४% वृद्धि

काठमाडौं |  अध्यागमन विभागको अनुसार, सेप्टेम्बर २०२४ मा नेपालमा ९६,३०५ विदेशी पर्यटकको आगमन भएको छ। यो संख्या २०२३ को तुलनामा ५.८२% ले वृद्धि भएको छ भने २०१९ को तुलनामा ४% ले बढेको हो।

सेप्टेम्बर २०२३ मा ९१,०१२ जना, २०२२ मा ५८,३१४ जना, २०२१ मा ९,९०७ जना र २०२० मा ५८४ जना मात्र पर्यटक नेपाल आएका थिए। २०१९ मा भने ९२,६०४ जना पर्यटक नेपाल आएका थिए।

यसैगरी, सेप्टेम्बर २०२४ मा नेपालबाट ७७,०२२ जना पर्यटकले प्रस्थान गरेका छन्।

पर्यटक आगमनका प्रमुख स्रोत बजारहरू: १. भारत: २२,९८४ २. संयुक्त राज्य अमेरिका (USA): १०,०८४ ३. चीन: ८,०४२ ४. अस्ट्रेलिया: ५,०३८ ५. श्रीलंका: ४,९१५ ६. संयुक्त अधिराज्य (UK): ४,४९३ ७. बंगलादेश: ४,१०३ ८. जर्मनी: २,७०४ ९. दक्षिण कोरिया: २,३५१ १०. मलेसिया: २,२८०



#नेपालपर्यटन

#आव्रजनविभाग

#पर्यटकआगमन

#सेप्टेम्बर२०२४

#NepalTourism

#UNWTO

#WTTC

PATA

प्रतिक्रिया