एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने

काठमाडौँ।  एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले लाभांश नपाउने भएका छन्। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्नेभएपछि शेयरधनीहरूको हात खाली हुने भएको हो। 

शुक्रबार बसेको बैठकले आ.व. २०८०/८१ को वित्तीय विवरणमा नियमनकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरु व्यवस्था गरे पश्चात् संस्थाको वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गर्दै लैजाने उद्देश्यले हालको लागि संस्थाको सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष अनुमतिका लागि पेश गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया