नयाँ वर्ष उपहार : गरिमा विकास बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट

काठमाडौँ।  नयाँ वर्ष २०८२ लाई लक्षित गरेर गरिमा विकास बैंक र दराजबीच सहकार्यको सम्झौता भएको छ। 

सम्झौता अनुसार ग्राहकले गरिमा बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाउनेछन्। नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी गरिमा विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो।

यस छुट योजना अन्तर्गत गरिमा विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरूले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रू ७५० सम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट प्राप्त गर्नेछन्।

प्रतिक्रिया