काठमाडौँ। ग्लोबल टेक जायन्ट जेडटिइ (ZTE) नेपाली बजारमा पुनः प्रवेश गर्ने तयारीमा छ। अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, र शक्तिशाली प्रदर्शन भएका स्मार्टफोनहरू नेपाली उपभोक्ताका लागि ल्याउन जेडटिइले शंकर ग्रुपलाई आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ।
नेपालका लागि जेडटिइ कुनै नौलो नाम होइन। सन् २००५ मा नेपाल टेलिकमसँग सहकार्य गर्दै पहिलो पटक मोबाइल डाटा सेवा सुरु गराएको यस कम्पनीले सन् २०१६ मा ब्लेड एस६, ब्लेड डी२, र ब्लेड डी३ जस्ता बजेट-फ्रेन्डली स्मार्टफोनहरू नेपाली बजारमा ल्याएको थियो।
यस पटक जेडटिइ ब्लेड र नुबिया सिरिजअन्तर्गत पाँच नयाँ स्मार्टफोनहरू नेपाली बजारमा ल्याइँदैछन्। जसमा:
जेडटिइ ब्लेड ए७५ – ९० हर्ज डिस्प्ले र एआई क्यामरासहित उत्कृष्ट प्रयोगकर्ता अनुभव।
नुबिया भि७० म्याक्स – हाई-स्पीड प्रोसेसर, दमदार ब्याट्री, र प्रो-लेभल फोटोग्राफी क्षमता।
जेडटिइ ब्लेड ए३५इ – किफायती मूल्यमा प्रभावशाली प्रदर्शन।
जेडटिइ ब्लेड ए५५ – शक्तिशाली प्रोसेसर र लामो ब्याट्री लाइफ।
नुबिया भि७० डिजाइन – आधुनिक डिजाइन र उच्च प्रदर्शन क्षमतायुक्त स्मार्टफोन।
यी स्मार्टफोनहरू उत्कृष्ट फोटोग्राफी, सहज मल्टिटास्किङ, र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताका लागि उत्कृष्ट विकल्प बन्ने अपेक्षा गरिएको छ। जेडटिइले नेपालमा आफ्नो बजार विस्तार गर्न नयाँ रणनीति अपनाउँदै डिजिटल प्रविधिमा नयाँ युगको सुरुवात गर्ने लक्ष्य राखेको छ।
नेपाली स्मार्टफोन बजारमा सामसुङ, शाओमी, ओप्पो, भिभो, र रियलमी जस्ता ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न जेडटिइले नयाँ रणनीति अवलम्बन गर्ने अनुमान गरिएको छ। नेपालमा ५जी प्रविधि विस्तार हुने क्रममा रहेकोले, जेडटिइका नयाँ स्मार्टफोनहरूले प्रयोगकर्तालाई उन्नत प्रविधिको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।