नेपालको अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आयोग गठन: महासंघले स्वागत गर्दै आभार व्यक्त

काठमाडौँ । नेपालको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित अर्थमन्त्रालयले सय दिनको प्राथमिकतामा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने घोषणा गरेको छ। यस आयोगको गठनलाई नेपाल उद्योग वाणिज्य महासंघले सकारात्मक रुपमा लिएको छ र यसले देशको दीर्घकालीन आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

महासंघले सुधारका लागि लामो समयदेखि उच्चस्तरीय आयोगको माग गर्दै आएको थियो, र यसलाई अब सरकारद्वारा प्राथमिकता दिइएकोमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले आभार व्यक्त गरेका छन्। महासंघले यस आयोगलाई मितव्ययी ढाँचामा सञ्चालन गर्नका लागि प्रस्ताव पनि दिएको छ, जसले समन्वयको अभाव र नीति निर्माणमा सिमित पहुँचका समस्याहरूलाई सम्बोधन गर्न मद्दत पुर्याउनेछ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलसहित अर्थमन्त्रालयलाई महासंघले धन्यवाद ज्ञापन गर्दै, आयोगको गठनलाई अर्थतन्त्रलाई दिगो र समृद्ध बनाउने दिशामा एक महत्वपूर्ण कदमको रुपमा हेरिएको छ। यस कदमले नेपालको आर्थिक सुधारमा नयाँ परिमाण ल्याउने विश्वास व्यक्त गरिएको छ।

#FNCCI

प्रतिक्रिया