नेपाल बैंक र स्लाभिका आईभीएफबीच सम्झौता

काठमाडौँ।  नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी तथा ग्राहकले सिनामंगलस्थित स्लाभिका आईभीएफ एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। 

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र ग्राहकले अस्पतालको विविध उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउनुका साथै गाइनालोजी कन्सल्टेन्स र कन्सल्टेसन अप आईभीएस स्पेसिलिष्ट  सेवामा १०० प्रतिशत सम्म छुट पाउनेछन्। 

हालै सम्पन्न सम्झौतामा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र प्रा.लि.को तर्फबाट अध्यक्ष श्री अजयजंग कुँवरले हस्ताक्षर गरे।


प्रतिक्रिया