प्राधिकरण अध्यक्ष खनालको राजीनामा स्वीकृत, कार्यवाहकको जिम्मेवारी नवराज अधिकारीलाई

पुष २४ , काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन्  । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

साथै बैठकले रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिव कृष्ण बहादुर राउतको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ 'क' बमोजिम प्राधिकरण बोर्डका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोकिएको छ । 

खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासमक्ष आफ्नो राजीनामा पेश गरेका थिए ।

प्रतिक्रिया