भिजन इनर्जी एन्ड पावर लिमिटेडले आइपीओ जारी गर्ने

काठमाडौँ।  भिजन इनर्जी एन्ड पावर लिमिटेडले आइपीओ प्रस्ताव सहित भदौ १४ गते वार्षिक साधारण सभा बोलाएको छ। 

सभा जुम मार्फत दिउँसो ३ बजे सुरू हुनेछ। सभामा यस कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ। अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका बारेमा छलफल हुनेछ। 

आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।   

प्रतिक्रिया