काठमाडौं। मङ्गलबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने यसको मूल्य १ लाख ७३ हजार ६ सय रुपैयाँ रहेको थियो।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमै कारोबार भइरहेको छ।
12 Chaitra 2081, Mangalbar 11:42 मा प्रकाशित
144