बजाजको नयाँ मोटरसाइकल पल्सर N160 र N125 नेपालमा सार्वजनिक, भृकुटीमण्डपको ग्राण्ड कार्निभलमा अवलोकन र खरिदको मौका

काठमाडौं। नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाजका दुई नयाँ मोडेलहरू "पल्सर N160 र पल्सर N125" नेपाली बजारमा सार्वजनिक गरेको छ।

यी दुई मोडेलहरू काठमाडौंको भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभल २०८१ मा औपचारिक रूपमा सार्वजनिक गरिएका हुन्। कम्पनीका अनुसार यी मोटरसाइकलहरूले शक्ति, प्रविधि र डिजाइनको उत्कृष्ट संयोजनमार्फत रोमाञ्चक सवारी अनुभव प्रदान गर्नेछन्।

पल्सर N160 मा १६४.८२ सीसी सिंगल-सिलिन्डर, एयर-कुल्ड, एसओएचसी २-भल्व इन्जिन छ जसले १६ पीएस पावर र १४.६५ एनएम टर्क दिन्छ। ५ स्पीड गियरबक्ससहित, यसमा डुअल-च्यानल एबीएस, ३७ मिमि अपसाइड डाउन फक्र्स, नाइट्रोक्स मोनोशक सस्पेन्सन र टर्न-बाइ-टर्न नेभिगेसन सहितका प्रविधि उपलब्ध छन्।

पल्सर N125 मा १२४.५८ सीसी एयर-कुल्ड, सिंगल स्पार्क २-भल्व इन्जिन छ जसले १२ पीएस पावर र ११ एनएम टर्क दिन्छ। यसमा पनि ५ स्पीड ट्रान्समिशन र काउन्टर ब्यालेन्सर जस्ता फिचरहरू छन्। यो मोडल इन्धन सक्षमतामा पनि अग्रणी रहेको कम्पनीको दाबी छ।

ग्राण्ड कार्निभलको अवसरमा बजाजले ग्राहकहरूलाई विशेष अफरहरू उपलब्ध गराएको छ —

स्थानमै फाइनान्स सुविधा

२० भन्दा बढी भ्यालुएटरहरूमार्फत उच्चतम भ्यालुएसन

जीरो सर्विस चार्ज

“खुसीको मिटर” योजनाअन्तर्गत नगद तथा अन्य पुरस्कार जित्ने अवसर

निःशुल्क एक्सेसरीज समेत प्राप्त हुनेछ

गोल्छा ग्रुपका मार्केटिङ हेड अमित राज चालिसेले भने, “नेपालमा नयाँ पल्सर N160 र N125 सार्वजनिक गर्न पाउँदा हामी उत्साहित छौं। यी मोडेलहरूले प्रदर्शन, डिजाइन र प्रयोगकर्ता अनुभवमा नयाँ युगको सुरुवात गर्नेछन्।”

भृकुटीमण्डपमा वैशाख १६ देखि २१ सम्म चल्ने ग्राण्ड कार्निभलमा बजाजका यी नयाँ मोडेलहरू अवलोकन गर्न, टेस्ट राइड लिन र खरिद गर्न सकिनेछ। साथै देशभरका बजाज शो–रुमहरूबाट पनि यी मोटरसाइकलहरू खरिद गर्न सकिनेछ। 

प्रतिक्रिया