गोरखा | नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रूपमा अत्यन्त दुर्गम उत्तरी भेगमा मोबाइल सेवा विस्तार गरेको छ। यो विस्तार लिब्बी नाका, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग, संरक्षण क्षेत्र, लाके पास, मनाङ पदमार्ग र चुमनुब्री गाउँपालिकाका विभिन्न स्थानहरूमा गरिएको हो।
यस क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूको चहलपहल र भ्रमणलाई ध्यानमा राखी टेलिकमले Voice तथा Data सेवाको विस्तारका साथै, क्षमता अभिवृद्धि र गुणस्तर सुधारका कामहरू पनि सम्पन्न गरेको छ।
चुमनुब्री गाउँपालिकाका दुर्गम स्थानहरू जस्तै जगत, सल्लेरी, सिर्दिवास, बिही, प्रोक, नामरुङ, श्यो, ल्हो, सामागाउँ र चीनको सीमाना नजिक रहेको रूईला नाका अन्तर्गत साम्दोसम्म कम्पनीले 2G सेवाको क्षमता अभिवृद्धि गराउनुका साथै 4G सेवा पनि सञ्चालन गरेको छ।
ल्हो, सामागाउँ र गुम्बाडाँडाका साइटहरूमा VSAT प्रविधिलाई Microwave Transmission Link द्वारा प्रतिस्थापन गरी 2G सेवाको गुणस्तर सुधार र क्षमता अभिवृद्धि गरिएको छ भने 4G सेवा पनि सञ्चालनमा ल्याइएको छ। श्योडाँडा र साम्दोमा नयाँ साइट निर्माण गरी 2G तथा 4G मोबाइल सेवा सुरु गरिएको छ।
यस भौगोलिक रूपमा अत्यन्त दुर्गम स्थानहरूमा सेवा विस्तारसँगै स्थानीयवासी, पर्यटक तथा यस क्षेत्रका व्यवसायीहरूले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने छन्। साथै, पर्यटकसँग सम्पर्क राख्न र समस्यामा परेको समयमा उद्दार कार्यमा समेत सहायता हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।
#ntc
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar