आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको मुद्रालाई कति पर्ला?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ४६ पैसा र बिक्री दर १३४ रूपैयाँ ६ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४९ रूपैयाँ  २७ पैसा र बिक्री दर १४९ रूपैयाँ ९४ पैसा रहेको छ।  

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७८ रूपैयाँ ४३ पैसा र बिक्री दर १७९ रूपैयाँ २३ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९१ रूपैयाँ ७२ पैसा र बिक्रि दर ९२ रूपैयाँ १३ पैसा रहेको छ। 

त्यस्तै साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५७ पैसा र बिक्री दर ३५ रूपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

विस्तृत तालिकामा हेर्नुहोस्


प्रतिक्रिया