काठमाडौँ। धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कमा हिमपहिरोले थुनिएको बोक्सीखोला तीन घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाले जनाएको छ।
आज दिउँसो करिब १ः३० बजेतिर खसेको पहिरो थुप्रिँएर बोक्सी खोला थुनिदा दुई तिहाई पानीको मात्रा घटेको थियो र दिउँसो ४ः३० बजेपछि खोलामा पानीको मात्रा बढेको छ। हाल तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको गाउँपालिकाले जनाएको छ।
खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको छ। बोक्सी खोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ। आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सी खोलामा पर्दछ।
यसअघि वि.स. २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिराले एक सय ५० भन्दा बढी चौरीगाई मरेका थिए। पछिल्लो पहिरोबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar