काठमाडौँ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणघाट-बुटवल सडकखण्ड फेरी अवरुद्ध भएको छ।
दाउन्नेमा भासिएको सडकलाई मर्मत गरिरहँदा मंगलबार राति लेदोसहितको पहिरो गएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ।
हिजो (मंगलबार) दिनभर भासिएको सडक मर्मतको काम नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो। तर पहिरो झरेपछि बिहान पौने ५ बजेदेखि नै राजमार्ग पूर्णरूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
बाटोलाई एकतर्फी रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
29 Saun 2081, Budhbar 08:10 मा प्रकाशित
322
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar