काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ।
अमेरिकी डलर, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम कुवेती दिनार, साउथ कोरियन वन, स्विडिस क्रोनरलगायतको मूल्य बढेको छ। यस्तै, युरोपियन युरोको भने भाउ घटेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३५ रूपैयाँ ४९ पैसा र बिक्री दर १३६ रूपैयाँ ९ पैसा कायम रहेको छ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ १३ पैसा र बिक्री दर १४२ रूपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७१ रूपैयाँ ४० पैसा र बिक्री दर १७२ रूपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५१ रूपैयाँ ८६ पैसा र बिक्री दर १५२ रूपैयाँ ५३ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ८ पैसा र बिक्री दर ८६ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ १४ पैसा र बिक्री दर ९५ रूपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ३६ पैसा र बिक्री दर १०० रूपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar