काठमाडौं । नेपाल BYD को ३०औं वार्षिकोत्सव र १ करोडौं NEV (विद्युतीय गाडी) को विश्वव्यापी उत्पादनको अवसरमा, साईमेक्स इन्क.ले नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।
यो उपलब्धिले नेपालको दिगो यातायात समाधानप्रतिको प्रतिबद्धता र विद्युतीय गाडीप्रति ग्राहकहरूको बढ्दो विश्वासलाई प्रस्ट पार्छ। साईमेक्स इन्क.का राष्ट्रिय बिक्री प्रमुख अशुतोष गौतमका अनुसार, "नेपालभर १०० गाडी डेलिभरी हाम्रो लागि गर्वको क्षण हो, जसले हरित यातायात प्रवर्द्धनमा हाम्रो समर्पणलाई झल्काउँछ।"
BYD विश्वव्यापी रूपमा १ करोड गाडी उत्पादन गर्ने पहिलो कम्पनी बनेको छ, जसले नवप्रवर्तन, दिगोपन, र शून्य उत्सर्जनको लक्ष्यलाई अझ बलियो बनाएको छ। साईमेक्स इन्क.ले नेपालमा BYD ATTO 3, BYD Dolphin, र BYD Han EV जस्ता अत्याधुनिक मोडलहरू प्रवर्द्धन गर्दैछ, जसले ब्लेड ब्याट्री प्रविधि, उच्च सुरक्षाका विशेषता, र उत्कृष्ट प्रदर्शनका कारण नेपाली ग्राहकहरूको विश्वास जितेको छ।
यस उपलब्धिले नेपालमा हरित यातायात प्रवर्द्धन र सफा भविष्य निर्माणमा साईमेक्स इन्क. र BYD को नेतृत्वलाई थप सशक्त बनाएको छ।
#BYD