सरकारको निर्णयपछि टिकटकको प्रतिक्रिया– नेपालीहरूको सृजनशीलताको साझा मंच बन्नेछौं

काठमाडौँ । नेपालमा पुनः सञ्चालनमा आउन पाउँदा हामी निक्कै खुशी छौं। यस निर्णयमा नेपाल सरकारको निरन्तर सहयोगको लागि हामी आभारी छौं। नेपाली जनमानसको डिजिटल अनुभवलाई अझ समृद्ध बनाउन हाम्रो समुदायले आफ्नो रचनात्मकता र जोशलाई निरन्तरता दिन पाउनेछ।

हाम्रो लागि, नेपालीहरूको उन्मुक्त आवाजलाई विश्वव्यापी रूपमा पुर्याउन र सृजनशीलताको साझा मंचलाई अझ सशक्त बनाउन पाउँदा गर्व महसुस गर्दैछौं। यसले मात्र मनोरञ्जन र आनन्दको संचार गर्ने होइन, नेपाली क्रियटरहरू र व्यवसायिक समुदायका लागि महत्त्वपूर्ण आर्थिक अवसरहरू समेत खोल्नेछ।

नेपालको सफलताको कथालाई निरन्तर समर्थन गर्दै, टिकटकले यस डिजिटल यात्रालाई अझ उत्साहजनक र फलदायी बनाउने प्रतिबद्धता व्यक्त गर्दछ ।

— एक टिकटक प्रवक्ता


प्रतिक्रिया