साइमेक्स इंकले नेपालमा लन्च ग-यो उन्नत प्रविधि, परिस्कृत डिजाइन र अल न्यु बीवाईडी एप सहित २०२४ भर्सनको बीवाईडी एट्टो ३

काठमाडौँ, ७ भदौ: नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च गरेको छ। उन्नत प्रविधि, परिस्कृत डिजाइन, र नयाँ बीवाईडी एप सहितको यो भर्सन नेपालमा पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको रूपमा मानिएको बीवाईडी एट्टो ३ लाई अझै लोकप्रिय बनाउने लक्ष्यमा रहेको छ।


नेपालमा भित्रिएको दुई वर्षभन्दा कम समयमा नै ३,००० भन्दा बढी बीवाईडी एट्टो ३ युनिटहरू नेपाली सडकमा गुडिरहेका छन्। नयाँ २०२४ भर्सनमा ड्राइभिङ अनुभवलाई अझ राम्रो बनाउन विभिन्न आकर्षक अपग्रेडहरू र नयाँ फिचरहरू थप गरिएको छ। यस भर्सनमा गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा उपलब्ध हुनुका साथै, इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा उपलब्ध छ, जसले गाडीलाई आधुनिकता प्रदान गरेको छ।

नयाँ भर्सनमा, गाडीको रियर ब्याजमा अब 'बिल्ड योर ड्रिम' को सट्टा केवल 'बीवाईडी' लेखिएको छ, जसले गाडीलाई थप स्टाइलिस र स्पोर्टी बनाएको छ। इन्फोटेनमेन्ट सिस्टम पनि पहिले १२.८ इन्चबाट बढाएर १५.६ इन्चको बनाइएको छ, जसले ड्राइभर र प्यासेन्जरको डिजिटल अनुभवलाई अझ रमाइलो बनाउँछ।

२०२४ भर्सनमा थप गरिएको सबैभन्दा महत्वपूर्ण नयाँ फिचर बीवाईडी एप हो, जसले गाडी धनीलाई गाडीको रेन्ज, पावर लेभल, टायर प्रेसर, र गाडीका ढोका तथा झ्यालको स्थिति जाँच्न, साथै टाढैबाट एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न मद्दत गर्दछ।

बीवाईडी एट्टो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ। एड्भान्स्ड भेरिएन्टमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ, जबकि सुपेरियर भेरिएन्टमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको छ।

लन्च इभेन्टमा पूर्व बैंकर तथा पब्लिक स्पिकर अनिल केशरी शाह, प्रसिद्ध गायक वाङदेन फिन्सो शेर्पा, र वरिष्ठ हास्य कलाकार एवम् बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिबंश आचार्य लगायतका प्रसिद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सो अवसरमा आचार्यले २०२४ भर्सनको बीवाईडी एट्टो ३ का पहिलो ग्राहकलाई गाडी हस्तान्तरण गरेका थिए।

#byd

प्रतिक्रिया