एनपीएल २०८१: नेपाल टेलिकम सुदूरपश्चिम रोयल्सको टेलिकम पार्टनरमा चयन

काठमाडौं – २०८१ मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणका लागि सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच प्रायोजन सम्बन्धी समझदारीपत्र आदान प्रदान गरिएको छ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा मंसिर ४ गते आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।

कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले नेपाल टेलिकमले नेपालको खेलकुद विकासमा निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै एनपीएल २०८१ मा सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो। उहाँले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गर्दै सुदूरपश्चिम रोयल्सलाई प्रतियोगिताको लागि शुभकामना दिनुभयो।

एनपीएल २०८१ मा सुदूरपश्चिम रोयल्सको टेलिकम पार्टनरको रुपमा नेपाल टेलिकम रहनेछ, जसले नेपाली क्रिकेट र खेलकुदको प्रवर्द्धनमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया