राष्ट्र बैकले घर जग्गा घितो राखेर ऋण लिने जमाना गयो भन्न खोजेको हो?

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा स्वार्थ बाझिने गरी काम भइरहेको बताएका छन्।

बुधवार संसदीय समितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन्। सांसद वाग्लेले वित्तीय संस्थाहरुमा शेयर खरिदबिक्रीमा पनि स्वार्थ बाझिने गरी भइरहेका कामलाई राष्ट्र बैंकले सुक्ष्म अध्ययन गरेर रोक्न आवश्यक रहेको बताए।

उनले अन्य निकायहरु भन्दा राष्ट्र बैंक विशिष्ट अधिकार प्राप्त संस्था भएकाले त्यहीअनुसार काम गर्न आवश्यक रहेको बताए। उनले राष्ट्र बैंकले विगत १५ वर्ष अघिको जस्तो बैंकहरुबाट जथाभावी रुपमा हुने कर्जालाई सीमामा बाँध्न खोजेको भए आमजनतालाई भन्न जरुरी रहेको बताए।

उनले कोभिडको बेला पुनःकर्जा लगाएका सुविधाले मानिसहरुमा विगतको जस्तै सुविधा पाउने आशमा रहेकाले काभिडको जस्तो युगका नर्फने सन्देश दिन आवश्यक रहेको बताए। उनले घरजग्गालाई धितो राखेर ऋण लिने जमाना गयो भन्ने सन्देश राष्ट्र बैंकले दिन खाजेको हो ? भन्दै प्रश्न गरे।

सांसद वाग्लेले पछिल्लो एक वर्षमा ७ प्रतिशतले कर्जा प्रवाह कम हुनु चिन्ताको विषय भएको बताए। उनले निक्षेपमा भएको वृद्धि कर्जामा परिणत हुन आवश्यक रहेको पनि बताए

प्रतिक्रिया