के तपाईं किचन बनाउँदै हुनुहुन्छ? ध्यान दिनुहोस् यी कुराहरूमा

काठमाडौँ।  आजभोली घरमा मोडुलर किचन बनाउने प्रचलन बढ्दै गएको देखिन्छ। आजको लेखमा हामी तपाईंहरूलाई किचन बनाउँदा ध्यान दिनुपर्ने कुराहरूबारे जानकारी दिने छौँ। 

१. किचनको लम्बाई ६ देखी ७ फिट र उचाइ २.५ देखी ३ फिट सम्मको राख्नुपर्छ। 
२. सानो ठाउँ छ भने, त्यहाँ अरू निर्माण नगरी यत्तिकै खुल्ला राख्नुपर्छ। 
३. किचन र्याक बनाउँदा तलको भाग अलि ठूलो राख्नुपर्छ जसले गर्दा सामान राख्न सजिलो हुन्छ।
४. माथिको पट्टिको भागलाई अलि सानो राख्नु पर्छ जसमा स साना बट्टाहरू तथा साना खालका र हलुका सामानहरू राख्न सहज हुन्छ।
५. र्याकको हाइट भुइँबाट ४ इन्च माथि नै राख्नु पर्छ जसकारण फ्लोरको पानीले र्याकलाई बिगार्दैन।
६. किचनमा सिङ्क राख्दा फ्लोर लेभल भन्दा तल राख्नु पर्छ जसले गर्दा सिङ्कबा बगेको पानी सजिलै बाहिर जान सक्छ अर्थात बाहिर जान्छ र फ्लोरमा जमेर त्यसले कुनै असर गर्दैन। 
७. किचनमा झ्याल राख्दा सिङ्क लेभलमा कहिल्यै पनि राख्नु हुँदैन साइड साइडमा राख्नु राम्रो हुन्छ अथवा राख्नै पर्यो भने सिङ्कको १ फिट माथि राख्नुपर्छ। जसकारण सिङ्कमा प्लम्बिङको काम गर्न सहज हुन्छ।
८‍. किचनमा झ्याल राख्दा चुलो नजिकै राख्नु हुँदैन किन कि हामीले खाना बनाउँदा झ्यालबाट हावाले डिस्टर्ब गर्न सक्छ। 
९‍. किचनमा बत्तिको स्वीचहरू कहाँ कहाँ राख्ने भन्ने बारेमा सुरूमै प्राविधिकसँग  सल्लाह गर्नुपर्छ र सोही अनुसार योजना बनाउनु पर्छ। जसकारण फ्रिज लगायतका इलेक्ट्रिक समानहरू कहाँ कहाँ राख्ने भनेर निर्धारण गर्न सहज हुन्छ। 
१०. हामीले किचनको फ्लोरमा टायलको प्रयोग गर्नु हुँदैन किन कि टायल्समा सजिलै क्र्याक आउँछ भने मार्वलको पनि किचनमा प्रयोग त्यति उपयुक्त मानिंदैन किन कि किचनमा विभिन्न तरकारीको दाग लाग्न सक्छ जस्तै कागती, गोलभेँडाको एसिडले पनि मार्बलमा रियाक्सन गर्न सक्छ र यो केमिकल रेसिस्टेन्ट हुँदैन। 
११. टायल्स र मार्बलमा भारी सामान खसेर टुक्रिने वा फुट्न सक्ने हुन्छ त्यसैले हामीले किचमा ग्रेनाइटको प्रयोग गर्नु राम्रो हुन्छ जुनचाँही बलियो र टिकाउ समेत हुन्छ।
१२. सिङ्कको माथि पट्टि पनि कालो ग्रेनाइटको प्रयोग गर्नाले सफा गर्न धेरै सजिलो हुन्छ। 

यदि तपाई्हरू पनि नयाँ किचन बनाउँदै हुनुहुन्छ भने यी कुराहरूको पालना गर्नुहोस् र आफ्नो किचनलाई आकर्षक बनाउनुहोस्।  

प्रतिक्रिया