हुम्लामा लगातार हिमपात, हवाई सेवा अवरूद्ध

काठमाडौँ। हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ। लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो।

हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको छ।

गाई झोपा र जुमागोठभित्रै छन् भने चौरी गाई छाडा भएका छन्। एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठ्यारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको स्थानीयहरूले बताउँछन्। 

सिमकोट हुने सबै हवाई यातायात बन्द भएको सिमकोटस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ। चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चाहरू आगो तापेर बस्न थालेका छन्। यसवर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेका स्थानीयहरू बताउँछन्।

प्रतिक्रिया