हिमालयन बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाण्डौँ।  हिमालयन बैंकको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ। बैंकको लमजुङ स्थित दुधपोखरी गाउँपालिका वडा नं. ६ गैंडामा रहेको शाखा कार्यालय दूधपोखरी गाउँपालिका, वडा नं. ५ जोर्नेमा आगामी जेठ २६ गतेबाट सञ्चालन हुने भएको छ। 

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८४ एटीएम,  ८ हजारभन्दा बढी पस टर्मिनल र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट विभिन्न बैंङ्किङ सेवा प्रदान गर्दै आईरहेको छ। 

प्रतिक्रिया