पुष १४ , काठमाडौँ : क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गरेपछि उच्च अदालत जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले शुक्रबार सन्दीपलाई दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले गरेको फैसलाविरुद्ध सन्दीप उच्च खदालत जाने भएका हुन् ।
जिल्ला अदालतले सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकेको छ । जिल्ला अदालतबाट सजाय निर्धारण भएपछि र पूर्णपाठ तयार भएपछि सन्दीप उच्च अदालत जाने तयारी गरेका हुन् । अदालतले रिट जाहेरीकर्ता नाबालिग भने नरहेको फैसला गरेको छ । नाबालिग नरहेको हुँदा लामिछानेले थुनामा नबसी उच्च अदालतमा पुनरावेदन दिन सक्नेछन् । सन्दीपविरुद्ध गौशला २६ ले गत वर्षको भदौमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
14 Poush 2080, Shanibar 09:02 मा प्रकाशित
129