सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलामा?

काठमाडौँ। आज (बुधबार) सुनको भाउ तोलामा ३०० रूपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रूपैयाँले घटेर १ लाख ५६ हजार ४०० रूपैयाँ कायम भएको छ। 

यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख ५६ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो। 

यता, बुधबार चाँदीको भाउ पनि तोलामा १५ रूपैयाँले घटेर १८ सय ९० रूपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ५ रूपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया