काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ २४ पैसा र बिक्री दर १३४ रूपैयाँ ८४ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४५ रूपैयाँ २८ पैसा र बिक्री दर १४५ रूपैयाँ ९३ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७४ रूपैयाँ २४ पैसा र बिक्री दर १७५ रूपैयाँ २ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिद दर १५४ रूपैयाँ ७७ पैसा र बिक्री दर १५५ रूपैयाँ ४६ पैसा रहेको छ।
अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ९९ पैसा र बिक्री दर ८९ रूपैयाँ ३९ पैसा, क्यानडिएन डलर एकको खरिद दर ९६ रूपैयाँ ९२ पैसा र बिक्री दर ९७ रूपैयाँ ३५ पैसा रहेको छ।
त्यस्तै, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ५५ पैसा र बिक्री दर ३६ रूपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar