काठमाडौं। यामाहा नेपालले २०८१ मंसिर २५ गते काठमाडौंमा आफ्नो क्षेत्रीय सेल्स स्किल्स प्रतियोगिता आयोजना गरी उत्कृष्ट बिक्री सीप र उत्पादन ज्ञानलाई सम्मान गरेको छ। प्रतियोगितामा काठमाडौंका विभिन्न डिलरशिपका ११ उत्कृष्ट सेल्स कन्सल्टेन्टले सहभागिता जनाएका थिए।
प्रतियोगितामा सहभागिता जनाउन, सेल्स कन्सल्टेन्टहरूले ऑटो बेसिक, प्रोडक्ट, र प्रोसेस प्रशिक्षण पूरा गर्नुपथ्र्यो। त्यसपछि, प्रतिस्पर्धात्मक परीक्षणमा उच्च स्कोर प्राप्त गर्ने डिलरशिपका प्रतिनिधिहरूलाई यस प्रतियोगितामा छनोट गरिएको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तीन विजेता घोषित गरिए:
- विजेता: बिकाश रञ्जितकार (द व्हील्स प्रा. लि., सल्लाघारी)
- पहिलो उपविजेता: कुष्मा देवकोटा (एमएडब्लु प्रा. लि., बल्खु)
- दोस्रो उपविजेता: सुमित महर्जन (गोरखा मनकामना अटो इन्टरप्राइजेज प्रा. लि., रातोपुल)
प्रतियोगिताका विजेता र पहिलो उपविजेताले काठमाडौं क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय सेल्स स्किल्स प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।
कार्यक्रममा यामाहा नेपालका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले विजेता र सहभागीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे। आफ्नो सम्बोधनमा उनले सहभागीहरूको समर्पण र मेहनतको प्रशंसा गर्दै भने, "यामाहाले आफ्नो टिमका सदस्यहरूलाई सिप र ज्ञानमा सशक्त बनाउन विश्वास गर्छ। यस प्रतियोगिताले उनीहरूको दक्षतालाई सम्मान गर्न र निरन्तर सिकाइको संस्कृति प्रवर्द्धन गर्न मद्दत पुर्याउँछ।"
सक्रिय सहभागिताको सम्मान स्वरूप सहभागी सबैलाई सर्टिफिकेट अफ पार्टिसिपेशन प्रदान गरियो।
यो प्रतियोगिता यामाहाको क्षेत्रीय सेल्स प्रतियोगिताको सुरुआत हो, जसअनुसार छिट्टै अन्य क्षेत्रहरूमा पनि यस्तै प्रतियोगिता आयोजना गरिनेछ। यामाहा नेपालले यस प्रकारका पहलमार्फत ग्राहक सेवा स्तरलाई उचाइमा पु¥याउन र आफ्नो सेल्स कन्सल्टेन्टहरूलाई सशक्त बनाउन प्रतिबद्धता प्रदर्शन गरेको छ।
यामाहा नेपाल, एमएडब्लु राइड्सको सहायक कम्पनी, नेपालका दुईपांग्रे सवारी साधन बजारमा अग्रणी रहेको छ। यसको नवीन प्रविधि, उत्कृष्ट प्रदर्शन, र भरपर्दो विश्वसनीयताले ग्राहकहरूको विश्वास जित्न सफल भएको छ।
#MAW