काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ७ पैसा र बिक्री दर १३४ रूपैयाँ ६७ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४८ रूपैयाँ १८ पैसा र बिक्री दर १४८ रूपैयाँ ८४ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७५ रूपैयाँ ५२ पैसा र बिक्री दर १७६ रूपैयाँ ३० पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८९ रूपैयाँ ३९ पैसा र बिक्री दर ८९ रूपैयाँ ७९ पैसा रहेको छ।
त्यस्तै, क्यानडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ७३ पैसा र बिक्री दर ९९ रूपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
27 Bhadra 2081, Bihibar 08:01 मा प्रकाशित
120