हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव: नयाँ उपलब्धि र आगामी योजना सार्वजनिक

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१औं वार्षिकोत्सव विभिन्न उपलब्धिमूलक कार्यक्रमसहित सफलतापूर्वक सम्पन्न गरेको छ। तीन दशकभन्दा लामो इतिहास बोकेको यस निर्जीवन बीमा कम्पनीले नेपालको बीमा क्षेत्रलाई आधुनिक बनाउँदै उत्कृष्ट सेवा प्रवाह गरिरहेको छ।

कम्पनीले व्यक्तिगत, कर्पोरेट तथा कृषि बीमा सेवा प्रदान गर्दै आएको छ। व्यक्तिगत बीमामा सवारी साधन, व्यक्तिगत दुर्घटना, र यात्रा बीमा समावेश छन् भने कर्पोरेट बीमामा भवन, उद्योग, समुद्री, हवाई, र इन्जिनियरिङ बीमा समेटिएका छन्। कृषि बीमामा गाईवस्तु र बाली बीमाका सेवा उपलब्ध छन्। ग्राहकहरूको सुविधा थप सहज बनाउन कम्पनीले ‘स्मार्ट क्लेम’ सेवा समेत सञ्चालनमा ल्याएको छ।

हालै सिंगापुरमा आयोजित ‘इन्स्योरेन्स एसिया अवार्ड २०२४’ मा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटेजिक पार्टनरशिप अफ द इयर–नेपाल’ गरी दुई प्रतिष्ठित अवार्ड जित्न सफल भएको थियो।

वार्षिकोत्सवमा प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले बीमा क्षेत्रमा नवीनता र ग्राहक केन्द्रित सेवामा निरन्तर ध्यान दिएको बताउँदै, “हाम्रो लक्ष्य छिटो र विश्वसनीय सेवा प्रदान गर्दै नेपालको अर्थतन्त्र र पूर्वाधारको विकासमा योगदान पु¥याउनु हो,” भन्नुभयो।


त्यस्तै, फाउन्डिङ एमडी तथा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीको सफलता ग्राहकहरूको विश्वास र साझेदारहरूको समर्थनको परिणाम रहेको उल्लेख गर्दै प्रविधि सुदृढ गरी भविष्यमा अझ प्रभावकारी बीमा सेवा प्रदान गर्ने योजनाबारे जानकारी दिनुभयो।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले आगामी वर्षहरूमा बीमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप नयाँ प्रविधिहरू अपनाउने योजना अगाडि सारेको छ।

प्रतिक्रिया