काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडको २३ औँ वार्षिक साधारण हिजो पुस २८ गते आइतबार सम्पन्न भएको छ।
साधरण सभा काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो।
साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रूपैयाँको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २ सय ८ नगद लाभांश कर प्रयोजनका लागि समेत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र विरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन्। यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिङ्ग्स प्रालि) र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रालि) निर्विरोध निर्वाचित भएका छन्।