काठमाडौं । आज शनिबार देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली रहेको छ। नेपाल जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा देखिएको छ।
यद्यपि, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसमविद्हरूले आगामी २४ घण्टाको लागि सचेत रहन सुझाव दिएका छन्। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा अन्य बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण नदीहरूको जल सतह बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय तथा अन्य प्राकृतिक प्रकोपको जोखिम रहेकाले जनस्वास्थ्य, कृषि, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र तयारी अपनाउन समेत अनुरोध गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar