स्कटल्याण्डविरूद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौँ।  आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जितेको छ। 

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन्। यससँगै स्कटल्याण्डले अब पहिला ब्याटिङ गर्नेछ। 

लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो। त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो। 

नेपालको प्लेइङ–११ कप्तान पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी छन्। 

प्रतिक्रिया