यस्तो छ आजको विनिमय दर (सूचिसहित)

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ३९ पैसा र बिक्री दर १३३ रूपैयाँ ९९ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १३३ रूपैयाँ ९९ पैसा रहेको छ। 

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७७ रूपैयाँ ५९ पैसा र बिक्री दर १७८ रूपैयाँ ३९ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १५७ रूपैयाँ ३ पैसा र बिक्री दर १५७ रूपैयाँ ७४ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९१ रूपैयाँ ९ पैसा र बिक्री दर ९१ रूपैयाँ ५० पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ६० पैसा र बिक्री दर ३६ रूपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया