माघ ६, काठमाडौँ - कतारमा जारी एएफसी एसियन कप फुटबलमा एसियाको पावर हाउसको रूपमा रहेको दक्षिण कोरियाले जोर्डनसँग कठिन बराबरी खेलेको छ । पेनाल्टी र आत्मघाती गोलको मद्दतले जापानले जोर्डनसँग २–२ गोलको बराबरी खेलेको हो ।
बराबरी खेल्दै एक/एक अंक थपेपछि जोर्डन र कोरिया समान ४–४ अंक बनाउँदै समूह ‘ई’ मा शीर्ष २ स्थानमा छन् । दोहाको अल थुमामा रंगशालामा खेलको नवौँ मिनेटमा कोरियाले पेनाल्टीमा गोल गर्दै खेलमा अग्रता बनाएको थियो ।
खेलको चौथो मिनेटमा जोर्डनका खेलाडीले सन हुङ मिनलाई पेनाल्टी एरियामा फल गरेपछि भारले दक्षिण कोरियालाई पेनाल्टी दिएको थियो । उक्त पेनाल्टीमा सन हुङ मिनले कुनै गल्ति गरेनन् ।
खेलको ३७ औं मिनेटमा कोरियाका पार्क योङ हुले बल क्लिय। गर्नेक्रममा आफ्नै पोस्टमा गोल गर्दा जोर्डनले एक/एक गोलको बराबरी गरेको थियो । पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेटमा याजन अल नैमतले गोल गर्दै जोर्डनलाई दक्षिण कोरियाविरुद्ध २–१ को अग्रता दिलाए ।
पहिलो हाफको अग्रतालाई जोर्डनले खेलको अन्तिम समयमा जोगाउन नसक्दा दक्षिण कोरियासँग अंक बाँडेको हो । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा जोर्डनका खेलाडीले आत्मघाती गोल गरे । याजन अल अरबले बल क्लियर गर्नेक्रममा आफ्नै पोस्टमा गोल गरेपछि कोरियाले खेल २–२ को बराबरीमा टुंग्यो ।