काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्सोरेन्स लिमिटेडको बोनश शेयर शेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको छ।
गत जेठ २६ गते सम्पन्न ८औँ बार्षिक साधारण सभाबाट पारित ८ प्रतिशतका दरले हुन आउने बोनश शेयर शेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको कम्पनीले जनाएको छ।
गत जेठ १५ गते सम्म कारोबार भई लिखितमा रहेका शेयरधनीहरूको बोनश शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ।
यसका साथै, कम्पनीको जेठ १५ गते सम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनिहरूको हकमा भने शेयर धनीको हितग्राही खातामा उक्त बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक/बित्तिय संस्थाहरूको नाममा नै रोक्का रहने हुँदा सो कर्जा राफराफ भइसकेको अवस्थामा शेयरधनीहरूलाई सम्बन्धित बैंक/बित्तिय संस्थाबाट बोनस शेयर फुकुवा गर्न अनुरोध गरेको छ।
उक्त मिति पश्चात रोक्का राखेका शेयरधनीहरूको बोनश शेयर शेयरधनीहरूको खातामा रोक्का नजानाई जम्मा नहुँने हुँदा बैंक/बित्तिय संस्थालाई निजको बोनश शेयर रोक्का भए/नभएको एकिन गर्न र रोक्का नरहेको खण्डमा रोक्का गर्न समेत अनुरोध गरेको छ।