काठमाडौँ। उद्घाटन खेलमा आयोजक सहारा र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा भारत, बेलायत, उज्वेकिस्तानका टिमसहित नेपालका ए डिभिजन टोलीले प्रतिस्पर्धा गर्दैछन्।
आयोजकसहित पुलिस, न्यूरोड टीम एनआरटी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी र युकेको ब्रिगेड ब्वाईज क्लब समूह ए मा छन्। यो समूहका युके र आर्मीले सिधै पहिलो र तेस्रो क्वार्टरफाइनल खेल्नेछन्।
यस्तै समूह बीमा एपीएफ, मछिन्द्र, भारतको थन्डरबोल्ट नर्थ–युनाईटेड, संकटा, थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब छन्।
थ्रीस्टार र ब्ल्याक बुल्सले सिधै दोस्रो र चौथो क्वार्टरफाइनल खेल्नेछन्। माघ ३० मा पहिलो सेमिफाइनल र फागुन १ मा दोस्रो सेमिफाइनल खेल हुनेछ। प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख एक हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।